
支援総額
目標金額 7,000,000円
- 支援者
- 429人
- 募集終了日
- 2018年11月2日
नेपालकै पहिलो अनलाइन स्कुल बनाऔं
This post is for Nepali people who do not understand Japanese language.
この投稿は日本語の読めないネパールの方に向けてネパール語でのプロジェクトの説明をしたものとなります。
यूमी Online स्कुलको लागि सहयोगको अनुरोध
नमस्ते ।
मेरो नाम शरद राई हो ।
२०१४ सालमा टोक्यो विश्वविधालयबाट आफ्नो पढाइ सकाएर हाल सफ्टबैंक हेडअफिसमा कार्यरत छु ।
हामीले २०११ सालमा खोटांग र २०१७ सालमा मोरंगमा यूमी स्कुल स्थापना गरी संचालन गरिरहेका छौं । हाल ती स्कुलहरुमा ३६० भन्दा बढी विधार्थीहरु पढिरहेका छन् । हामीले यूमी स्कुल किन शुरुवात गर्यौं त ?

म १० वर्षको हुँदासम्म गाउँकै स्कुलमा पढें । तर १० वर्षको उमेरमा राष्ट्रव्यापी रुपमा भएको बुढानीलकण्ठ स्कुलको भर्नामा भाग्यवश म पनि छात्रव्रित्तीमा छनौट भएँ । कक्षा ४ देखि कक्षा १२ सम्म मलाई राष्ट्रले पढायो, हुर्कायो, खुवायो, दिनु जति थियो सबै दियो । त्यसैको फलस्वरुप मैले जापानमा स्नात्तकोत्तर सम्मको अध्ययन पनि पूरा गर्न पाएँ । राम्रो स्कुलमा पढ्ने अवसर पाएर मेरो जिन्दगीले त कोल्टे फेर्यो, तर मसंगै १० वर्षको उमेरसम्म पढेका मेरा साथीहरुले त्यस्तो अवसर प्राप्त गर्न सकेनन् । उनीहरुले गाउँकै सरकारी स्कुलमा पढ्नु पर्यो, जसको कारण लगभग सबैजना अहिले मलेसिया र साउदी अरबतिर पसिना बगाउनु परेको छ । दुख लाग्छ, अफशोच नि लाग्छ, यो देशले मलाई मात्र नभएर किन सबै मेरा साथीहरुलाई मलाई जस्तै राम्रो स्कुलमा पढ्ने अवसर दिएन भनेर । त्यसैले मैले मेरो ठूला भैसकेका साथीहरुको भविष्य त परिवर्तन गर्न सक्दिन, तर उनीहरुका भर्खर जन्मदै गरेका नानीहरुको भविष्य त बनाउन सक्छु भन्ने लागेर पहिलो यूमी स्कुल खोलेका हौँ ।
यूमी स्कुल खोल्नको अर्को पनि कारण छ । मैले बच्चामा पढेको माविको २०१० सालको एसएलसी (हाल एसइइ) परीक्षाको नतिजा । जम्मा ७१ जनाले त्यो साल एसएलसी दिएका रहेछन्, तर कसैले नि उत्तीर्ण हुन सकेनन् । त्यसैले त्यो वर्ष कोही पनि आइए पढ्न जान सकेनन् । यो नतिजा सुन्दा म विश्वविधालयको चौथो वर्षमा थिएँ । धेरै दुख लाग्यो । यदि सरकारी स्कुलहरुमा पढ्दा विधार्थीहरुको भविष्य कतार र मलेसियामा हुने हो भने, अब मेरो गाउँको बच्चाहरुको भविष्य बनाउन मैले केहि गर्नुपर्छ भन्ने संकल्प लिएँ । त्यसैको उपज हो यूमी स्कुल ।
गएको ७ वर्षको पहलबाट हामीले दुई ओटा स्कुलहरुमा ३६० जना विधार्थीहरुको भविष्य त बनाउन कोशिश गर्दैछौं, तर नेपालमा झन्डै ५०,००० ओटा जस्ता सरकारी स्कुलहरु छन् जहाँ झन्डै पचास लाख विधार्थीहरु पढ्ने गर्छन् । अहिलेकै अनुसारले हामीले स्कुलहरु बनाउंदै गए नेपालभरका विधार्थीहरुलाई राम्रो शिक्षा प्रदान गर्न हामीलाई झन्डै १२०,००० वर्ष लाग्ने रहेछ । र यो असम्भव हुनेछ ।
त्यसैले हामीले नयाँ उपाय सोच्यौं, अनलाइन शिक्षा ।अहिलेको जमाना इन्टरनेटको जमाना हो । १० वर्षसम्म असम्भव मानिएको कुरा अहिले इन्टरनेटले सम्भव बनाइदिएको छ ।
के गर्ने ?
काठमान्डौमा रहेका दक्ष शिक्षकहरुले विकट ठाउँका सरकारी स्कुलहरुमा अनलाइन पढाउने । यो माध्यमबाट जापानको तोदाई नेट एकेडेमी भन्ने कम्पनीले सफल परिक्षण गरिसकेको छ ।

कहाँ गर्ने ?
उदयपुर जिल्लाको लिम्चुन्ग्बुंग गाउँपालिकाका सरकारी स्कुलहरुमा पढ्ने विधार्थीहरुलाई पढाइने छ । अनलाइन शिक्षा प्रणालीको लागि चाहिने टावर पनि मेजर दाइले बनाइसक्नुभएको छ । इन्टरनेटको लागि अझ महाबिर पुन दाइसंग पनि सहकार्य गरिरहनुभएको छ ।

दक्षिण कोरियामा ८ वर्ष काम गरेर आउनुभएका यस गाउँपालिकाका अध्यक्ष मेजर राईको एउटा ठूलो सपना छ । त्यो सपना नेपालका ७६६ गाउँपालिका तथा नगरपालिकाहरुमा लिम्चुन्ग्बुंग गाउँपालिकालाई शिक्षाको क्षेत्रमा सर्वश्रेष्ठ गाउँपालिका बनाउने । त्यहीं सपनालाई ३ वर्षभित्र साकार पार्ने हाम्रो जमर्को हो ।

लिम्चुन्ग्बुंग गाउँपालिकाका युवा अध्यक्ष मेजर राईसंग (Right) यूमी नेपालका प्रताप अधिकारी
साथै नेपालकै सबैभन्दा राम्रो मध्यको एक IT कलेज डिअरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीले पनि हामीलाई सहयोग गर्ने भएको छ ।
कहिले, कसरी गर्ने ?
२०७५ सालमा SEE परीक्षा दिने विधार्थीहरुलाई काठमान्डौका दक्ष शिक्षकहरुले अनलाइन पढाउनेछन् । SEE मा अनुत्तीर्ण हुने ९० प्रतिशत विधार्थीहरु अंग्रेजी, हिसाब या विज्ञानमध्य कुनै एक विषयमा अनुत्तीर्ण हुन्छन् । त्यसैले, हाम्रो अनलाइन स्कुलमार्फत यिनै तीन विषयहरु पढाइने छ । पोहोर साल लगभग ३०० जना विधार्थीहरुमा मात्र ४ जना सबै विषयमा उत्तीर्ण भए । यो वर्ष पनि लगभग ३०० जना विधार्थीहरुले SEE परीक्षा दिनेछन्, जसबाट हामी ४० जना अर्थात पोहोर भन्दा १,००० प्रतिशत धेरै उत्तीर्ण गराउने हाम्रो लक्ष्य छ ।
यो अभियानको लागि कति खर्च लाग्छ ?
जम्मा ७० लाख येनको आवश्यक छ ।
हालसम्म जम्मा रकम कति संकलन भयो ?
४४ लाख
कहिलेसम्म ७० लाख जम्मा पार्नुपर्छ ?
नोभेम्बर २ तारिख, २०१८
नोभेम्बर २ सम्म ७० लाख उठेन भने के हुन्छ ?
अहिलेसम्म जम्मा भएको सम्पूर्ण रकम फिर्ता गर्नुपर्छ । अर्थात १ येन पनि हामीले पाउने छैनौं ।
तपाईंले कसरी सहयोग गर्न सक्नुहुन्छ ?
तलको लिंकमार्फत क्रेडिट कार्डबाट सहयोग गर्न सक्नुहुन्छ ।
क्रेडिट कार्ड नहुने साथीहरुले तलको बैंक खातामा जम्मा गर्न सक्नुहुन्छ ।
युच्यो बैंक
खाता नम्बर:10150-59760471
खाताको नाम:तोकुही) युमे नेपाल (トクヒ)ユメネパール)
बैंक खातामा पैसा पठाएर सहयोग गर्नु हुने सबैजनाको नाम यहाँ उल्लेख गरिने छ ।
नोट: यदि यो पटकको क्राउडफन्डिंगको लक्ष्य पूरा नगरिएको खण्डमा, हजुरहरुले दिनुभएको रकम फिर्ता गरिने छैन, यूमी स्कुलको लागि खर्च गरिने छ ।
मुख्य समर्थकहरु
इतोई सिगेसातो
होबोनिची कम्पनी, कार्यकारी निर्देशक
मोरिशिता हिरोमी
प्रसिद्द कार्टुनिस्ट
केनिची सुगीयामा
टोक्यो विश्वविधालय, अध्यक्षका प्रमुख सल्लाहकार
हारुआकी देगुची
रित्सुमेइकान एशिया प्यासिफिक विश्वविधालय, अध्यक्ष
गगन बहादुर बिके
अर्थ मन्त्रालय, उपसचिव
अनलाइन स्कुलको बारे भिडियो (जापानी भाषामा)
YouMe Online School (English)
リターン
10,000円

YouMe Nepalの未来を、一緒に作ってください
・学校の子ども達からのハガキ
・ネパールからのギフト
・活動報告メール
- 申込数
- 218
- 在庫数
- 制限なし
- 発送完了予定月
- 2019年1月
3,000円

一緒に子供たちの夢を膨らませてください!
・代表のライから心を込めた感謝メール
・活動報告メール
- 申込数
- 266
- 在庫数
- 制限なし
- 発送完了予定月
- 2019年1月
10,000円

YouMe Nepalの未来を、一緒に作ってください
・学校の子ども達からのハガキ
・ネパールからのギフト
・活動報告メール
- 申込数
- 218
- 在庫数
- 制限なし
- 発送完了予定月
- 2019年1月
3,000円

一緒に子供たちの夢を膨らませてください!
・代表のライから心を込めた感謝メール
・活動報告メール
- 申込数
- 266
- 在庫数
- 制限なし
- 発送完了予定月
- 2019年1月

ぬるぬるのお引越|万博・落合陽一 null²パビリオン次なる場所へ
#ものづくり
- 現在
- 216,916,000円
- 支援者
- 12,301人
- 残り
- 29日

文学とジャズで世界をつなぐ-村上春樹ライブラリーの挑戦にご支援を
- 現在
- 4,934,000円
- 寄付者
- 206人
- 残り
- 72日

入院する子どもたちを笑顔に!ファシリティドッグ育成基金2025
#子ども・教育
- 現在
- 6,818,000円
- 支援者
- 543人
- 残り
- 25日

1頭1頭と向き合い続けるために。引退馬たちに安心安全な新厩舎建設へ
- 現在
- 73,896,000円
- 支援者
- 6,381人
- 残り
- 32日

断らない救急を守る|一刻を争う命を支える、ハイブリッド手術室導入へ
- 現在
- 11,007,000円
- 支援者
- 174人
- 残り
- 1日

愛Catサポーター募集|動物に優しい愛媛県にするためのご協力を!
- 総計
- 22人

飼い主のいない犬と猫へ医療費を届ける|ハナプロサポーター
- 総計
- 664人









